फाइल खोलेको २४ घन्टामै सरकार ढाले:  गृहमन्त्री लामिछाने

काठमाडाैं | असार २८, २०८१

फाइल खोलेको २४ घन्टामै सरकार ढाले:  गृहमन्त्री लामिछाने तस्बिर फाइल

काठमाडौं:     गृहमन्त्री रवि लामिछानेले फाइल खोलेको २४ घन्टाभित्र सरकार ढालेको दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सरकार ढालेको दाबी गरेका हुन्।


‘फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल?’  उनले प्रश्न गरे, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेकोबाहेक अरु कारण छैन, सरकार ढालेको ।’ व्यवस्था ल्याउन ज्यान दिन नपाए पनि व्यवस्था जोगाउन ज्यान दिन तयार रहेको उनको भनाइ छ।


उनले कांग्रेस नेता रमेश लेखक सम्भावित गृहमन्त्री हुने उल्लेख गर्दै आफूजस्तै स्टन्ट गर्न सुझाव दिए। ‘रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे। उहाँले मेरो कामलाई स्टन्टको आरोप लगाउनुभएको छ। यदि मैल बाँसबारीको जग्गामा स्टन्ट गरेको हो भने यस्तै स्टन्टको अपेक्षा गरेका छौं’,उनले भने।


उनले आफ्नो दल चेकलिस्टसहित सरकारमा आएका बताउँदै चार महिनामा इमानदार भएर जनताका हितमा काम गरेको बताए। 


गृहमन्त्री लामिछानेले राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गरे। ‘सहमतिका कुरा धेरै सुनिए। त्यसका धेरै कारण देखाइयो। तर, सहमतिबारे कसैलाई केही थाहा छैन। जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको छ’, उनले भने, ‘एकाएक सहमति किन गर्नुपर्‍यो। हामीलाई आशंका छ। संविधानको चिन्ता एक्कासि कसरी आयो। हामीलाई आशंका छ। संविधान चलाउनुपर्छ, तर यो अवस्थामा चलाउनुपर्ने हो? संविधान जोगाउनकै लागि सहमति भएको हामी स्वीकार गर्दैनौं।’


उनले दुई ठूला दल मिलेर सुशासन कायम गर्न पाए राम्रो भए पनि विगत ३० वर्षको इतिहास पनि साक्षी रहेको बताए  ।’दुई ठूला दल मिलेर सुशासन हुन्छ भने ठीक छ। हामी हेर्छौं। तर हामीले ३० वर्षदेखि हेर्दै आएका छौं। तपाइँहरूले गरेको भए सायद हाम्रो जन्म पनि हुँदैनथ्यो होला ।’ उनले भने। 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्